आत्महत्या बढिरहेको भन्दै तत्काल समस्याको समाधान खोज्न सांसद मुक्ताकुमारीको सरकारसगँ माग

सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको बिशेष समयमा सांसद मुक्ताकुमारी यादवले देशमा आत्महत्याका प्रवृत्ति किन बढिरहेको भन्दै यसतर्फ अध्ययन गरी तत्काल समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकारसंग माग गर्नुभयो । यादवले आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ कि पाइँदैन भनेर सरकारलाई प्रश्न गर्नुभयो । दिनदिनै आत्महत्याका घटना बढिरहेको भन्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रहसमेत गर्नुभयो । पत्रकार शालिकराम पुडासैनीको मृत्युका बारेमा प्रश्न उठिरहेको भन्दै पुडासैनीको हत्या हो…

हेफर नेपालले सरकारसँगको सहकार्यमा ५ बधशालाहरु निर्माण गर्ने

हेफर नेपालले ५ वटा स्थानीय सरकारहरुसँगको सहकार्यमा ५ वटा आधुनिक बधशालाहरु निर्माण गर्ने भएको छ । हेफर नेपालले ललितपुर कार्यक्रममा एक कार्यक्रमको आयोजना गरि बधशालाहरु निर्माण गर्ने बिषयमा सम्झौता भएको जनाएको हो । सम्झौता गरिएका स्थानीय तहहरुमा विराटनगर, भरतपुर, पोखरा, बुटवल र कोहलपुररहेको छ । बद्यशालाहरु सार्वजनिक, निजी, उत्पादक साझेदारी मोडल अन्तर्गत संचालित हुने जनाइएको छ । सार्वजनिक क्षेत्रबाट सामाजिक उत्तरदायित्वको भुमिका अन्र्तगत जनतालाई स्वस्थ तथा सफा मासु उपभोगका लागि भोतिक संरचनाहरु निर्माणमा लगानी रहने जनाइएको छ । उक्त बद्यशाला निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकारका तर्फबाट ३२ करोड…

यू १९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दै

एसियन क्रिकेट परिषद् यू १९ एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियन क्रिकेट परिषद् एसीसी ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह ‘बी’ मा परेको हो । यो समूहमा नेपालसँगै आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुबेत रहेका छन् । खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । त्यस्तै, ८ सेप्टेम्बरमा नेपालले बंलादेशसँग खेल्नेछ भने तेस्रो खेलमा १० तारिखमा नेपालले यूएईसँग खेल्नेछ । समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने…

संविधान दिवसका लागि सरकारी तयारी सुरु

संंविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिमा बसेको बैठकमा सिमीत वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागीताका साथ दिवस मनाउने बारे छलफल भएको छ । विशेष गरेर संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागीतामा राजधानी काठमाण्डौँको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी , जिल्ला र स्थानीय तहहरुमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरु तय भएका छन् । यस वर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र कार्यक्रम तय गरिएको छ । असोज ३ गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डासहितको मूल समारोह स्थल…

भारतीय विदेशमन्त्री एस जयशंकर आइपुगे नेपाल

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लेका छन् । जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । बैठकमा सहभागी हुनुपूर्व उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।