नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक, २०७६ माथि विचार गरियोस भन्ने गृहमन्त्री थापाको प्रस्ताव

प्रहरी समायोजन विद्येयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६ माथि विचार गरियोस भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले पारित भएको छ । बिहिबारको राष्ट्रियसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त प्रहरी समायोजन विधेयक, २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसहमतीले स्वीकृत भएको छ । उक्त विद्येयकहरु माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री थापाले प्रहरी समायोजनमा विभेद नहुने गरी समायोजन गर्ने गरी विद्येयक ल्याइएको बताउनुभयो । उहाँले…

केपी ओलीको अनुपस्थीतिमा बैठकको अध्यक्षता गर्ने जिम्मेवारी प्रचण्डलाइ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयको आगामी बैठकको अध्यक्षता नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गर्नुहुने भएको छ । बालुवाटारमा बिहिबार बसेको नेकपा सचिवालय बैठकले अध्यक्ष केपी ओलीको अनुपस्थीतिमा सचिवालय बैठकको अध्यक्षता गर्ने जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि दुई अध्यक्ष भए पनि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दै आउनुभएको थियो । ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा यो सहमति भएको हो । बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना…

रोहितकुमारको कप्तानीमा यू १९ एसिया कप क्रिकेट नेपाली टोली घोषण

यू १९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए । यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् । यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् । नेपाली किशोर टोली…

भारतीय विदेशमन्त्री जयशंकरले गरे राष्ट्रपति भण्डारीसँग भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने बारे छलफल भएको जनाइएको छ । भारतीय विदेश मन्त्री जयशंकरले त्यसअघि पशुपतिनाथको दर्शनका गरेका थिए । उनी बिहीबार अपराहन्न स्वदेश फिर्ता हुनेछन् ।

स्वास्थ्य उपचारका लागी प्रधानमन्त्री पुन सिंगापुर प्रस्थान

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सकले पहिलोपटक आधिकारिक जानकारी दिइएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने बताएकी छन् । प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन पुनः सिंगापुर जानुपरेको उनले बताएकी छिन् । गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटक पनि सोही अस्पतालमा नेपाली…