प्रिमियर लिग लिभरपुलको विजयी यात्रा कायम

नयाँ सिजनको तेस्रो खेलमा पनि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी यात्रा कायम राखेको छ। शनिबार राति भएको लिग अन्तर्गत खेलमा मोहम्मद साहलको दुई गोलको सहयोगमा लिभरपुलले अर्सनललाई ३–१ ले पराजित गरेको हो । ४१ औँ मिनेटमा जोएल मातियको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो । ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा र ५८ औँ मिनेटमा साहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो । अवे मैदानमा भएको खेलमा आर्सनलका लागि ८५ औँ मिनेटमा लुकास टोरोइएरालो एक गोल फर्काएका थिए।…

राजस्व चुहावटमा व्यक्तिलाई कैद सजाय हुनु पर्न ेअर्थमन्त्री खतिवडाको धारणा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजस्व चुहावट गर्ने व्यक्तिलाई कैद सजाय गर्ने व्यवस्थामा केहि संशोधन हुन सक्ने बताउनुभएको छ । संसदको अर्थ समितिमा आइतबार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उहाले जेल सजायले मात्र राजस्व चुहावट नियन्त्रणमा नआउने भएकाले प्रस्ताव गरिएको विधेयकमा केही संशोधन आवश्यक रहेको औंल्याउनुभएको हो । १ करोड रुपैयाँसम्म राजस्व चुहावट गर्नेलाई ६ महिना, सोभन्दा माथिलाई १ वर्ष र ५ करोड रुपैयाँभन्दा माथि चुहावट गर्नेलाई ३ वर्षसम्म कैद र बिगोबराबरको जरिवानाको व्यवस्था गर्नुपर्ने उहाको धारणा छ । यसका लागि सरकारका तर्फबाट संशोधन…

नयाँ सहरको निर्माण योजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रालयलाई निर्देशन

संसदीय समितिले नयाँ सहरको निर्माण र विकास योजनालाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाइ निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिधिनिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले नयाँ सहरको निर्माण र विकास योजनालाई मन्त्रालयले प्राथमिकतासाथ कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनमा सम्बद्ध निकायसँग छिट्टै छलफल गर्ने निर्णय गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । बन्चरे डाँडाको अनुमगन र पर्यटन वर्ष २०२० लाइ लक्ष्य गरेर कुनकुन सडक, छनोट स्थानको अवस्थाबारे सम्बन्धित निकायसँग छलफल गर्ने उहाले बताउनुभयो । बैठकमा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिमाली…

निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित

संविधानले व्यवस्था गरेको निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । महिला कानुन तथा विकास मञ्चले आइतबार काठमाडौमा आयोजना गरेको संचारकर्मी अन्तक्र्रियामा उनीहरुले आधारभुत स्वास्थ्य सेवावाट महिलाहरुलाई वञ्चित नगर्न सरकारको ध्यानाकर्षण समेत गरे । मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले गर्भवती, सुत्केरी सेवा तथा परिवार नियोजनलाई आधारभुत र निःशुल्क रुपमा संविधानले व्यवस्था गरे पनि लागु नभएको बताउनुभयो । उहाले शहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्रमा चिकित्सक र प्रविधिको अभावले गर्भवती महिलाहरुको मृत्यु दर बढी रहेको धारणा राखनुभयो । कार्यक्रममा सरोकारवालाहरुले सबै तहका सरकारले संविधानले…

रवि लामिछानेका विषयमा सरकारको धाराणा परिवर्तन गर्नु पर्ने सांसद बाँस्कोटाको माग

राष्ट्रियसभाका सांसदहरुले मुलुकमा संविधान विरोधी गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद बलराम बाँस्कोटाले निर्वाचनबाट दुईतिहाइको सरकार गठन हँुदा पनि संविधान विरोधी गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बाँस्कोटाले लोकतन्त्र भिडतन्त्र नभएको भन्दै न्यायको निसाफ न्यायलयबाट हुने चर्चा गर्दै सञ्चारकर्मी रवि लामिछानेका बारेमा सरकारको धारणा माग गर्नुभयो । अर्का सांसद रमेशजङ्ग रायमाझीले लोकतन्त्र र गणतन्त्र ल्याउन नेपाली काङग्रेस र वाम एकता भए…

उच्च विन्दुमा सुन चाँदीको मूल्य

डेढ महिनादेखि उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ। छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ। तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजार २०० का दरले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० पुगेको छ । सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। यसअघि प्रतितोला रु ५÷१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा…