काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दुको रेखांकन परिर्वतन

काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दुको रेखांकन परिर्वतन गरिएको छ । काठमाडौं–निजगढ द्रुतमार्ग परियोजनाका बारेमा जानकारी दिन नेपाली सेनाले बुधबार काठमाडौमा पत्रकार सममेलन गर्दै द्रुतमार्गको प्रस्थान विन्दु ललितपुर खोकनाको सिकाली मन्दिर र प्राचीन सम्पदा कुदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको जनाएको हो । मन्त्रिपरिषद्बाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको नेपाली सेनाले जनाएको छ । पत्रकार सम्मेलनमा परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिने जानकारी दिनुभयो । त्यस्तै उक्त परियोजना निर्माणका लागी एक खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने…

डेढ बर्ष सम्म पनि संघीयता कार्यान्वयनमा जटिल्ता देखियो, मन्त्री महेन्द्र शाही

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले डेढ बर्ष सम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिल्ता देखिएको बताउनु भएको छ । बुधबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले संघियतामा नेपाल प्रवेश गरेको डेढ बर्ष सम्म पनि संघिय कानुनले पूर्णता पाउन नसक्दा संबैधानिक प्रश्न उब्जिएकाले संघिय, प्रदेश र स्थानीय सरकार बीच दुरी बढेको बताउनु भयो । देशको परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने तत्वहरु हाल असहज अवस्था श्रृजना गरि देश बिकास र समृद्धि रोक्दै राष्ट्रियता माथि चुनौति खडा गर्न लागि परेको शाहीले बताउनु भयो । राज्यका तीन…

संविधान दिवसमा नयाँ पुस्तामा जागरण पैदा गर्न घरघरमा फहराइने राष्ट्रिय झण्डा

राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको बुधबारको बैठकमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो । सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्दे्शिका समेत परिवर्तन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह…

पढ्न हिँडेका १० विद्यार्थी बाटोमै बेहोस, उपचारको क्रममा एकको मृत्यु

ताहुँमा बुधबार बिहान कोचिङ् पढ्न हिँडेका १० जना विद्यार्थी बाटोमै बेहोस भएका छन् । बेहोस भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फाल रहेकी छन् । फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । फाल बेहोस भएपछि उनीसँगैका अन्य नौ जना सहपाठीहरु रुँदारुदै बेहोस् भएको प्रहरीले जनाएको छ । बेहोस विद्यार्थी…

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा तीनको मृत्यु

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए…

१ लाख ५१ हजार रुख तराई द्रुतमार्गको निमार्णको क्रममा काटिने

७२.५ किलोमिटर लामो तराई द्रुतमार्गको निमार्णको क्रममा १ लाख ५१ हजार रुख काटिने भएका छन् । नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो द्रुतमार्ग साढे तीन वर्षमा तयार हुने लक्ष्य लिइएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले द्रुतमार्गको कूल लागत १ खर्ब ७५ अर्ब बताए । द्रुतमार्गको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न सरकारले सेनालाई स्वीकृति दिइसकेको छ ।