डेंगु विरुद्ध सचेत रहन सबैलाई स्वास्थ्यमन्त्री यादवको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ। विहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधान तथा डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्नुभयो । पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धिको साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने…

सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठकको मिति सार्वजनिक भएको छैन । यस अघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो। पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ। सूचनाअनुसार आजको बैठक नेता वामदेव गौतमले तयार पारेको कार्ययोजनालाई लिएर स्थगित भएको हो ।