प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जित्छौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘संविधानको परिधिभित्रबाट प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जितेर सनातन हिन्दुराष्ट्र पुनर्स्थापना गर्न र देशको सर्वांगीण विकासको लागि पार्टी संगठन बलियो बनाउन’ सबै कार्यकर्ताहरुलाई आह्वान गरेका छन्। नवलपुर जिल्लाको कावासोतीमा आयोजित गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले जनता काङ्ग्रेस र कम्युनिस्टको विकल्पको खोजीमा रहेको चर्चा गर्दै असफल बाटो र नीतिमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

१५ वर्षीय किशोरीमाथि एसिड प्रहार

वीरगञ्जमा कक्षा नौ मा अध्ययनरत १५ वर्षीय किशोरीमाथि एसिड प्रहार गरिएको छ। मामाघरमा बसेर पढ्दै आएकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो। आज बिहान ६ बजे खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ।सम्साद मियाँ र माजिद आलमले एसिड प्रहार गरेका हुन् । उनीहरूले खातुनको मुख, छाति र हातमा एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेर उनीहरू फरार भएका थिए। प्रहरीले एसिड प्रहार गर्ने सम्साद मियाँलाई भने नियन्त्रणमा लिएको छ। अहिले घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

देशभरका ४२ जिल्ला डेंगुबाट प्रभावित

डेंगुबाट काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ। सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो। काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । काठमाडौंका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको छ। २०७०र७१ मा ३०२ जना, २०७१र७२ मा १३४…

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै

  प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली हाललाई उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ः३० बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी भदौ पाँच गते उपचारका लागि गएका थिए ।