सुदूरपश्चिम प्रदेश सरकार विरुद्ध ३२ वटा मुद्दा

सुदूरपश्चिम प्रदेश सरकार गठन भएदेखि गत वर्ष २९ र यो वर्ष ३ वटा गरि हालसम्म विभिन्न ३२ वटा मुद्दा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमाथि मुद्दा परेको मुख्य न्यायधिवक्ताको कार्यालयले जानकारी दिएको छ । त्यसमा हालसम्म १७ वटा मुद्दा फछ्र्यौट भए पनि १५ वटा मुद्दा बाँकी छन् । प्रदेश सरकारविरुद्ध हक अधिकार सम्बन्धी उजुरी, कर्मचारी सरुवा बढुवा, प्रदेश राजधानीको विषय, ठेक्का पट्टा, खरिद प्रक्रिया, शिक्षा स्वास्थ्य र तलब भत्ता र सामाजिक विकास मन्त्रालयमा बढी मुद्दा परेको प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध हालसम्म ८ वटा…

प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जित्छौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘संविधानको परिधिभित्रबाट प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जितेर सनातन हिन्दुराष्ट्र पुनर्स्थापना गर्न र देशको सर्वांगीण विकासको लागि पार्टी संगठन बलियो बनाउन’ सबै कार्यकर्ताहरुलाई आह्वान गरेका छन्। नवलपुर जिल्लाको कावासोतीमा आयोजित गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले जनता काङ्ग्रेस र कम्युनिस्टको विकल्पको खोजीमा रहेको चर्चा गर्दै असफल बाटो र नीतिमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

१५ वर्षीय किशोरीमाथि एसिड प्रहार

वीरगञ्जमा कक्षा नौ मा अध्ययनरत १५ वर्षीय किशोरीमाथि एसिड प्रहार गरिएको छ। मामाघरमा बसेर पढ्दै आएकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो। आज बिहान ६ बजे खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ।सम्साद मियाँ र माजिद आलमले एसिड प्रहार गरेका हुन् । उनीहरूले खातुनको मुख, छाति र हातमा एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेर उनीहरू फरार भएका थिए। प्रहरीले एसिड प्रहार गर्ने सम्साद मियाँलाई भने नियन्त्रणमा लिएको छ। अहिले घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

देशभरका ४२ जिल्ला डेंगुबाट प्रभावित

डेंगुबाट काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ। सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो। काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । काठमाडौंका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको छ। २०७०र७१ मा ३०२ जना, २०७१र७२ मा १३४…

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै

  प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली हाललाई उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ः३० बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी भदौ पाँच गते उपचारका लागि गएका थिए ।

पासाङ्ग शेर्पा द्धारा हिमाल आरोहणमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । बुधबार नेपाल माउन्टेन एकेडेमीको सभाकक्षमा सोलुखुम्बुका तीन आरोही परिवारलाई जनही ३०० अमेरिकी डलर हस्तान्तरण युएस नेपाल क्लाइम्बर्स एसोसियसनले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका तीन परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।संस्थाले गत वर्षदेखि हिमाल आरोहणको क्रममा ज्यान गुमाउनेको परिवारका आर्थिक सहयोग उपलब्ध गराउँदै आएको एसोसियसनका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । उनले यस्ता परिवारहरुका लागि विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुको पहलमा थप सहयोग उपलब्ध गराउन पहल समेत भइरहेको उनले बताए । त्यस्तै, नेपाल माउन्टेन एकेडेमीलाई रक क्लाइम्बिङका लागि आवश्यक जुत्ता, हारनेश, बायोलाइट,सोलार लाइट लगायतका पर्वतारोहणसँग सम्बन्धित आवश्यक सामग्रीहरु प्रदान गरिएको…

विप्लवको इञ्चार्ज पक्राउ

नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य ३५ वर्षीय दमन नेपाली डडेल्धुराबाट पक्राउ परेका छन् । बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ ।

सुनको मूल्यमा पुन वृद्दि

बुधबार सुनको मूल्यमा पुन वृद्दि भएको छ । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ । तीजको केही दिन पहिले बिस्तारै घट्दोे क्रममा रहेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । पछिल्लो दुई महिनामा चाँदीको मूल्य सबैभन्दा उच्च भएको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री…

डेंगु विरुद्ध सचेत रहन सबैलाई स्वास्थ्यमन्त्री यादवको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ। विहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधान तथा डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्नुभयो । पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धिको साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने…

सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठकको मिति सार्वजनिक भएको छैन । यस अघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो। पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ। सूचनाअनुसार आजको बैठक नेता वामदेव गौतमले तयार पारेको कार्ययोजनालाई लिएर स्थगित भएको हो ।