जम्मू–कश्मीरमा जारी तनाव अन्त्य गर्न भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई डोनाल्ड ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले दुवै देशका प्रधानमन्त्रीसँग सोमबार टेलिफोन वार्ता गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले जम्मू–कश्मीरमा जारी तनाव अन्त्य गर्न आग्रह गरेको जनाइएको छ । ट्रम्पले मंगलबार ट्वीट गर्दै आफ्ना दुई असल मित्र राष्ट्र भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण जम्मू–कश्मीरमा जारी तनाव कम गर्नेबारे कुराकानी भएको उल्लेख गरेका छन् । मुश्किल समय भए पनि कुराकानी राम्रो भएको उनले उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले भारतीय…

अफगानिस्तानको विवाहमा आत्मघाती बम विस्फोट ,२० जना घाइते

अफगानिस्तानको काबुलस्थित एक विवाह हलमा गएराति २२ः४० मिनेट मा आत्मघाती बम विस्फोट भएको छ । घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । प्रत्यक्षदर्शी अनुसार विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेको बीबीसीलाई बताएका छन् । उनीहरुले घटनास्थलमा शव देखेको पनि बताएका छन् । विवाह समारोहमा सहभागी मोहम्मद फरगले आफू महिला समूहतर्फ रहेका बेला पुरुष बस्ने स्थानतर्फ लक्ष्य गरेर ठूलो विस्फोट गराइएको बताएका छन् । अफगानिस्तानमा हलमा सयौंको संख्यामा भेला भएर विवाह गर्ने परम्परा छ । जहाँ पुरुषहरु एकतर्फ र महिला…

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधान

भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टी भाजपा की वरिष्ठ नेता सुषमा स्वराजको निधान कार्डिएक अरेस्टका कारण भएको हो । उनको मंगलबार राति दिल्ली स्थित एम्स अस्पतालमा निधन भएको हो । कार्डिएक अरेस्ट हुने बित्तिकै उनलाई अस्पताल लगिएको भए पनि डाक्टरले बचाउन सकेनन् । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाह, भारतीय कांग्रेस तथा कांग्रेस नेता राहुल गान्धीसहितको उनको निधनमा दुःख व्यक्त गरेका छन् । राहुल गान्धीले स्वराज एक कुशल राजनीतिज्ञ र प्रखर वक्ता रहेको बताएका छन् । सुषमाको बुधबार अपराहन्न अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि…

भारत सरकारले जम्मु–कश्मीरका सम्बन्धमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास

उत्तरी राज्य जम्मु–कश्मीरले पाउँदै आएको विशेष राज्यको मान्यता खारेज गर्न भारत सरकारले आफ्नो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन प्रयास थालेको छ । पाकिस्तानले उक्त निर्णयको विरोध गर्दै यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत उठाउने चेतावनी दिइरहेका बेला भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्राष्ट्रिय समुदायसँगको सम्वादलाई तीव्र बनाएको हो । नरेन्द्र मोदी नेतृत्वको सरकारले सोमबार संविधानको धारा ३७० र ३५ ९क० लाई खारेज गर्दै जम्मु–कश्मीर राज्यको विशेष अधिकार अन्त्य गर्ने र दुई वटा केन्द्र शासित राज्यमा विभाजन गर्ने निर्णय गरेको थियो। यसै क्रममा सोमबार मात्रै भारतका विदेश सचिव विजय…

अमेरिकामा बन्दुकधारीले जथाभावी गोली चलाउँदा ९ जनाको मृत्यु

अमेरिकाको ओहायो राज्यको डायटन शहरमा एक बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा ९ जनाको घटनास्थलमै ज्यान गएको छ। घटनामा कम्तीमा पनि १६ जना घाइते भएका छन्। आक्रमणमा उक्त बन्दुकधारीको समेत ज्यान गएको सञ्चारमाध्यमहरुले जनाएका छन्। घटनामा घाइते भएकाहरुलाई नजिकको अस्पताल लगिएको छ। टेक्ससको एलपासो शहरको एक वालमार्टमा पसेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको २० घण्टामै ओहायोमा यस्तो घटना भएको हो। स्थानीय समयअनुसार आइतबार बिहान १ बजेर २२ मिनेटमा डायटनको ओरेगन डिस्ट्रिकस्थित डाउनटाउनमा उक्त घटना भएको हो। घटनाको समयमा कम्तीमा तीन हजार मानिस त्यहाँ रहेको स्थानीय सञ्चार माध्यमले…

३ सय शरणार्थी सवार पानीजहाज लिबियामा डुब्दा १५० को मृत्यु भएको आशंका

लिबियाको तटीय क्षेत्रमा करिब ३ सय शरणार्थी सवार पानीजहाज डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ । यद्यपि, तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन् । जहाजमा डुबेका १५० जनाको उद्धार भएको छ । माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जहाज लिबियाको राजधानी…

फुटबलको जस्तै नियम क्रिकेटमा पनि लागु गर्ने निर्णय

अन्तर्राष्ट्रि क्रिकेट परिषद् आईसीसी ले खेलाडी परिवर्तनका लागि क्रिकेटमा पनि फुटबलको जस्तै नियम लागु गर्ने निर्णय गरेको छ । आईसीसीको हालै लन्डनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यसअघि खेलका लागि खेलाडी सार्वजनिक भइसकेपछि त्यसबाहेक अर्को कुनै खेलाडी परिवर्तन गर्न नपाइने नियम थियो । यस नियमले खेलाडीलाई घाइते भएपनि खेल्नै पर्ने बाध्यता थियो । आईसीसीले अब क्रिकेट खेल्दा खेल्दै खेलाडी घाइते भएमा टोलीका १४ सदस्यीय खेलाडीबाट जुनकुनै खेलाडीलाई परिवर्तन गर्न पाउने नियम बनाएको छ । फुटबलका लामो समयदेखि यही नियम छ । यसअघि परिवर्तित खेलाडीले फिल्डरको रुपमा मात्र खेल्न…

मुम्बइमा चारतले भवन भत्किँदा ४० भन्दा बढी पुरिएको आशंका

भारतको मुम्बइमा चारतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी पुरिएको आशंका गरिएको छ । मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको यो दुर्घटनापछि अहिले उद्धारको कार्य चलिरहेको छ । डोजरको सहयोगमा भत्किएको भवनबाट मानिसहरु निकाल्ने प्रयास भइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हालैको वर्षाले उक्त घरको सतह कमजोर भएकोले भत्किएको अनुमान गरिएको छ ।

अवैध रुपमा नेपाल बस्दै आएका पोल्यान्डका नागरिक पक्राउ

असार २३, पोखरा । अवैध रुपमा नेपाल प्रवेश गरी लुकेर बस्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई प्रहरी पक्राउ गरेको छ । मार्किनलाई पर्यटक प्रहरीले आइतबार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडबाट पक्राउ गरेको हो । उनले लेकसाइड, खहरे, पृथ्वीचोकसहितका क्षेत्रमा लागुऔषध सेवन गरी होहल्ला गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेका उनको साथमा पासपोर्ट, भिसासहितका कागजात समेत छैन । तसर्थ उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्यालय पोखरामा बुझाइएको छ ।

बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक एलेक सिग्ली रिहा

१९ असार, उत्तर कोरियास्थित कारण नै नखुलाईकन बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक एलेक सिग्ली रिहा भएका छन् । गत साता उत्तर कोरियाबाट बेपत्ता भएका उनी त्यहीबाट बन्धक भएका थिए । एलेक सिग्ली रिहा भएको र उनी सुरक्षित रहेको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । २९ वर्षका सिग्ली स्नातकोत्तर स्तरमा अध्ययन गर्दै प्योङयाङमा पर्यटन व्यवसाय पनि गर्दै आएका थिए । उत्तर कोरियाका सरकारी अधिकारीले प्योङयाङमा रहेको स्वीडिस दूतावासका अधिकारीबिच भएको वार्तापछि प्रधानमन्त्री स्कटले आफ्नो देशका नागरिक सुरक्षित रहेको बताएका छन्। उत्तर कोरियाको राजधानीमा अस्ट्रेलियाको दूतावास छैन । उनी रिहा भएको सम्बन्धी…