सुनको मूल्यमा पुन वृद्दि

बुधबार सुनको मूल्यमा पुन वृद्दि भएको छ । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ । तीजको केही दिन पहिले बिस्तारै घट्दोे क्रममा रहेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । पछिल्लो दुई महिनामा चाँदीको मूल्य सबैभन्दा उच्च भएको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री…

उच्च विन्दुमा सुन चाँदीको मूल्य

डेढ महिनादेखि उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ। छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ। तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजार २०० का दरले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० पुगेको छ । सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। यसअघि प्रतितोला रु ५÷१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा…

लगातार बढेको सुनको मुल्य बुधबार घट्यो,

लगातार बढेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सात सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आठ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

सुनको मूल्य उकालो लाग्ने क्रम बढ्दै, ६९ हजार पाँच सय रुपैयाँमा कारोबार

सुनको मूल्य उकालो लाग्ने क्रम अझै रोकिएको छैन। मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य दिन प्रति दिन बढ्दै, तोलामा एक हजार तीन सय रुपैयाँले वृद्धि

सुनको मूल्य दिन प्रति दिन उच्च हुदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ६६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य तोलामा ६५ हजार रुपैयाँ थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । आइतबार कायम भएको मूल्यले शुक्रबारको उच्च मूल्यलाई उछिनेको हो । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य हुनुपर्ने कांग्रेसका सांसदको भनाइ

असार १९, काठमाडौं ।आज बसेको बैठकमा नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले बजेट निर्माण अन्र्तगत अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने आशय व्यक्त गरेका छन् । राष्ट्रियसभामा भएको बजेट छलफलमा हुदै उनले अर्थ मन्त्रालयको एकाधिकारकै कारण बजेट प्रभावकारी नभएकाले अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने बताएका हुन् । बैटकमा बौल्दै उनले ‘बजेट निर्माणमा अर्थ मन्त्रालयको जुन दादागिरी र एकाधिकारलाई छ त्यसलाई अन्त्य गर्नुपर्छ’। प्रसँगलाई जोड्दै उनले भने ‘यो पोलिसी सिफ्टबाट प्राप्त गरी बजेट निर्माणको सन्दर्भमा प्रधानमन्त्री कार्यालय सक्रिय हुनुपर्ने कुरा समेत राखेका छन् । विगतमा मन्त्री समेत रहेका देवले बजेट निर्माणमा अर्थ मन्त्रालयबाहेकका…

नेपालमा लगानी बढाउन प्रधानमन्त्रकिो आग्रह

१२ अस।र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण भएकाले लगानी बढाउन आग्रह गर्नुभएको छ । बिहिबार प्रधानमन्त्री निबास बालुवाटारमा विभिन्न देशका अवैतनिक राजदूतसंग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक माध्यमबाट मुलुकको बिकासमा हात्तेमालोगर्न समेत आग्रह गर्नुभएको थियो । नेपाल भ्रमण वर्ष २०२०, नेपालको आर्थिक कुटनीति र नेपालमा विदेशी लगानी बढाउने बिषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराईले जानकारी दिनुभयो । नेपालको राजदूत नियुक्ति नभएका मुलुकहरुका अवैतनिक राजदूतसंग नेपालको विदेश नीतिका सम्बन्धमा प्रधानमन्त्रीले प्रष्ट पारेको उहाले जानकारी…

बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्छः डा युवराज खतिवडा

  ८ असार,काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँल सरकारी, नीजि र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो बिषय नभएको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्वमाथि बजेट विनियोजन गरिएको बताउनुभयो । दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी…

संक्रमणकालिन अवस्थाको जस्तो बजेट आएको डा. भट्टराइको आरोप

६ असार, काठमाडौा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आर्थिक वर्ष २०७६÷७७ को बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले डराएर ल्याएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि धारणा राख्दै भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले वर्तमान बजेट संक्रमणकालिन अवस्थाको जस्तो बजेट आएको आरोप छ । उहँले अहिलेको बजेट आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने र विकास खर्च पनि बढाएर ल्याएको भए अर्थतन्त्रमा सही किसिमले प्रभाव पार्ने थियो भन्ने भट्टराईको भनाइ थियो । बजेटको संरचनामा कुनै पनि परिवर्तन नआएको उहाँको भनाइ छ । डा. भट्टराईले संविधान संशोधन गर्ने र मधेस तथा थारु…

हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको बजेट फ्रिज हुँदै, आगामी वर्षको लागि पनि छुट्याइयो बजेट

असार ३, काठमाडौं । हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको निमित्त छुट्याइएको ५ करोड रुपैंया अध्ययनबिना नै फ्रिज हुन लागेको छ । ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’को निर्माणको योजना आगामी आर्थिक वर्षको बजेटमा पनि पारेको छ । चालु आर्थिक वर्षमा विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर०का लागि छुट्याइएको ५ करोड रुपैयाँ अध्ययन नै नगरी फ्रिज हुन लागेको हो । काम सुरु गर्न संघीय सरकारबाट स्वीकृति नपाउँदै प्रदेश सरकार सुरुङमार्गको अध्ययनका लागि अग्रसर भएको हो । हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको जिम्मेवारी नेपाल पूर्वाधार विकास कम्पनी ९एनपीबीसीएल०ले पाएको छ । यो कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको अग्रसरतामा…