काठमाडौं उपत्यकामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी गौरा पर्व मनाइयो

सुदुरपश्चिम प्रदेश लगाएतका क्षेत्रमा मनाईने गौरापर्व काठमाडौं उपत्यकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । शुक्रबार टुडिखेलमा काठमाडौंमा बस्दै आएका त्यस क्षेत्रका वासिन्दाहरुले गौरापर्व मनाएका हुन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मान्ने गरेका छन् । गौरा पर्वको मुख्य आकर्षण देउडा हो । देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ । एकताको पर्वका रुपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ । गौरा पर्वलाई खासगरी डोटी, डडेल्धुरा, दार्चुला…

श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको पूजा आराधना गरी भव्यताका साथ मनाइयो

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ । कृष्ण अष्टमीका अवसरमा पाटनको कृष्णमन्दिरमा भक्तजनहरुको निकै भुइचो लागेको छ । उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजन ‘व्रत’ बसी श्रीकृष्णको…

पूजा एवं दर्शनका लागि राष्ट्रपति भण्डारी पाटन कृष्ण मन्दिरमा

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गर्नुभयो । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षतिपुगेपछि मर्मतसम्भार गरिएको थियो । किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो ।…

भारतको मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन

भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको सोमबार निधन भएको छ । पछिल्लो केही दिनदेखि मिश्रा दिल्लीको एक अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय मुख्यमन्त्री जगन्नाथ मिश्रा तीनपटक बिहारको मुख्यमन्त्री बनेका थिए । १९७५ मा पहिलो पटक, १९८० मा दोस्रोपटक र १९९० मा तेस्रोपटक उनी मुख्यमन्त्री बनेका थिए । उनको निधनप्रति बिहारका मख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका छन् । जगन्नाथ मिश्राले एक प्राध्यापकको रुपमा आफुनो करियर सुरु गरेका थिए र पछि बिहार विश्वविद्यालयमा अर्थशास्त्रको प्रोफेसर पनि बनेका थिए ।

भक्तपुरमा घिन्ताङघिसी नाच्दै गाईजात्रा मनाइयो

धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाईजात्रा भक्तपुरमा घिन्ताङघिसी नाच्दै मनाइएको छ । गाईजात्राको प्रमुख आकर्षण एवं भक्तपुरमा मात्र नाचिने घिन्ताङघिसी नाच प्रदर्शनले गाईजात्राको रौनक पनि थपिएको छ । घिन्ताङघिसी नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ । आकर्षक नाचका रूपमा लिइने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको घिन्ताङघिसी नाच गाईजात्राको दिन शुक्रबार टोलटोलबाट निकालिएको हो । उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुनेहुँदा यो जात्रा हेर्न टाढाटाढाबाट लाखौँकोे सङ्ख्यामा मानिस आएका थिए । एक वर्षभित्र दिवंगत आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका…

नेवार समुदायले गाईजात्रा विशेष रुपमा मनाए

एक वर्षयता मृत्यु भएका आफन्तको सम्झना गर्दै काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले गाईजात्रा विशेष रुपमा मनाएका छन् । काठमाडौं उपत्यकाका धेरै टोलमा यो पर्व मनाइन्छ । दिवंगत आफन्तको नाममा गाई गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

जनैपूर्णिमा पर्व देशभर रक्षाबन्धन धारण गरेर मनाईयो

  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व देशभर रक्षाबन्धन धारण गरेर मनाइएका छन । जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिएका थिए । डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।मानव रक्षाका लागि जप, तप र…

आजको दिन क्वाँटी खानुको विशेष महत्व यसप्रकारका छन्,

नौ प्रकारका गेडागुडीबाट साना जरा टुसा उम्रेर टुसाउने प्रकृयालाई क्वाँटी भनिन्छ। क्वाँटी नेवारी शब्द हो । जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ । क्वाँटी विशेष गरी जनै पूर्णिमाका दिन खाने चलन छ। जनै पूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ। यति मात्र नभई जनै पूर्णिमा भन्ने बित्तिकै वर्षा समयको अन्तिम समय भन्ने बुझिन्छ। वर्षा समयमा विशेषगरी बालक र वृद्धालाई हुने चिसोपनाबाट शरीरलाई न्यानोपना प्रप्ता होस् भन्नका लागि यस दिनमा क्वाँटी खाने चलन चलिआएको हो। क्वाँटी बनाउनका लागि सानो केराउ, बोडी,…

नागपञ्चमीको धार्मिक तथा वैज्ञानिक तथ्य

हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको…

नियमावलीे मस्यौदामा कांग्रेसको तिव्रता

२९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियमावलीको मस्यौदामाथिको छलफललाई तिव्रता दिएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रिय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले नियमावलीको मस्यौदालाई अनुशासन र आचारसंहितामा लचक बनाउनुपर्ने धारणा राखेका थिए । पार्टीको मूल नीतिविपरीत गएर सार्वजनिक अभिव्यक्ति र लेख लेख्न नपाउने नियमावलीमा प्रस्ताव गरिएको छ । छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरुले भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाहरुलाई छुट्टा–छुट्टैरुपमा महाधिवेशन प्रतिनिधि तोक्न नहुने, सबै सदस्यहरुसँग ‘लेबी’ उठाउनुपर्ने भन्दै नियमावलीको मस्यौदामा व्यापक संशोधन गर्नुपर्ने बताएका छन् । काग्रेस प्रवक्ता विश्वप्रकास शर्माले छलफल नियमावलीमामात्र केन्द्रित रहेको र यसलाई पारित गरेपछिमात्र…