निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित

संविधानले व्यवस्था गरेको निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । महिला कानुन तथा विकास मञ्चले आइतबार काठमाडौमा आयोजना गरेको संचारकर्मी अन्तक्र्रियामा उनीहरुले आधारभुत स्वास्थ्य सेवावाट महिलाहरुलाई वञ्चित नगर्न सरकारको ध्यानाकर्षण समेत गरे । मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले गर्भवती, सुत्केरी सेवा तथा परिवार नियोजनलाई आधारभुत र निःशुल्क रुपमा संविधानले व्यवस्था गरे पनि लागु नभएको बताउनुभयो । उहाले शहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्रमा चिकित्सक र प्रविधिको अभावले गर्भवती महिलाहरुको मृत्यु दर बढी रहेको धारणा राखनुभयो । कार्यक्रममा सरोकारवालाहरुले सबै तहका सरकारले संविधानले…

हेफर नेपालले सरकारसँगको सहकार्यमा ५ बधशालाहरु निर्माण गर्ने

हेफर नेपालले ५ वटा स्थानीय सरकारहरुसँगको सहकार्यमा ५ वटा आधुनिक बधशालाहरु निर्माण गर्ने भएको छ । हेफर नेपालले ललितपुर कार्यक्रममा एक कार्यक्रमको आयोजना गरि बधशालाहरु निर्माण गर्ने बिषयमा सम्झौता भएको जनाएको हो । सम्झौता गरिएका स्थानीय तहहरुमा विराटनगर, भरतपुर, पोखरा, बुटवल र कोहलपुररहेको छ । बद्यशालाहरु सार्वजनिक, निजी, उत्पादक साझेदारी मोडल अन्तर्गत संचालित हुने जनाइएको छ । सार्वजनिक क्षेत्रबाट सामाजिक उत्तरदायित्वको भुमिका अन्र्तगत जनतालाई स्वस्थ तथा सफा मासु उपभोगका लागि भोतिक संरचनाहरु निर्माणमा लगानी रहने जनाइएको छ । उक्त बद्यशाला निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकारका तर्फबाट ३२ करोड…

एसइइ को नतिजा आज आउने तयारी

१२, असार, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको हो । कार्यालयले दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल…

राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक छ: गिरिराजमणि पोखरेल

५ असार,काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको औल्याइएको छ । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोगसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा छलफल गरेको हो । छलफलमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको बताउनुभएको छ । विश्वका अधिकांश देशले यस सम्बन्धी कानुन बनाइसकेको बताउँदै मन्त्री पोखरेलले नेपालले पनि कानुन बनाउन ढिला गर्नु नहुने बताउनुभयो । त्यस्तै मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा र उपलब्ध स्रोत साधनको…

परीक्षाको नतिजा खारेजीको माग गर्दै लगाइयो त्रिविमा तालाबन्दी

असार २, काठमाडौँ– नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियुद्धारा आज त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ ।आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी त्रिविमा तालाबन्दी गरिएको हो । क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालका अनुसार परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका कारण त्रिविमा तालाबन्दी गरिएको हो । उनले भने, ‘‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’ गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा…

ऐतिहासिक गीता ज्ञान महाअनुष्ठानको तीनदिनमा २ करोड भेटी संकलन

काठमाडौ, २६ वैशाख– ऐतिहासिक गीता ज्ञान महाअनुष्ठानको तेस्रो दिन आज स्कुलका करिब ३ हजार विद्यार्थीले गीताको महत्वका बारेमा ज्ञान हासिल गरेका छन । पण्डित दिनबन्धु पोखरेलद्धारा बाचन गरिएको गिताको महत्व बुझन १० वटा स्कुलका बिद्यार्थीहरु सितापाइला पुगेका थिए । धर्म संस्कार संस्कृतिका बारेमा जन–जनमा ज्ञान बाढने उदेश्यले यही वैशाक २३ देखी ३० गतेसम्म ऐतिहासिक गीता ज्ञान महाअनुष्ठान भइरहेको छ । महाअनुष्ठानको तेस्रो दिन आज करिब ३० लाख भेटी संकलन भएको छ । नारायण पोखरेल प्रतिष्ठानले आयोजना गरेको गीता ज्ञान महाअनुष्ठानको तीनदिनभित्र करिब २ करोड रकम भेटी सँकलन भएको आयोजकले जनाएको…

आरआर स्कुल विवाद

११ बैशाख, काठमाडौँ । काठमाण्डौको वानेश्वरमा रहेको रत्नराज्य माविको संचालक समितिले शिक्षा नियमावलीविपरित निमित्त प्रध्यानध्यापक नियुक्त गरेको आरोप लागेको छ । विद्यालयमा कार्यरत मावि प्रथम श्रेणीका शिक्षक कृपाश्वर खड्कालाई वाइपास गर्दै समितिले विद्यालयमा कार्यरतमध्ये चौँथो वरियातामा रहेका जीवनप्रकाश रेग्मीलाई निमित्त प्रधानध्यापक बनाएको असन्तुष्ट पक्षले आरोप लगाएको हो । असन्तुष्ट पक्षले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संचालक समितिको मनपरीतन्त्र विरुद्ध कडारुपमा उत्रने चेतावनी दिएको छ । प्रधानध्यापक गिता खरेल उमेरहदका कारण सेवा निवृत्त भएपछि समितिले निमित्त प्रअ नियुक्त गरेको थियो । पत्रकार सम्मेलनमा निमित्त प्रअका दाबेदार कृपाश्वर खड्काले नियमअनुसार काठमाण्डौ महानगरपालिकाले…

तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै अस्थायी शिक्षकहरुले थप आन्दोलनका कार्यक्रम घोषणा

अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको काठमाडौंको धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने कार्यक्रम राखेको जानकारी दिएको छ । त्यस्तै, समितिले…

वरिष्ठ साहित्यकार बसन्तकुमार शम्मा नेपालको निधन

काठमाडौ, ७ वैशाख– वरिष्ठ साहित्यकार बसन्तकुमार शम्मा नेपालको निधन भएको छ । विभिन्न रोगबाट थलिनुभएका साहित्यकार शम्माको ९७ वर्षको उमेरमा कुमारीगालस्थित निवासमा आज निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक शम्माका दर्जनौं साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उहाँले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष समय व्यतित गर्नुभएको थियो । विसं १९८४ को रामनवमीको दिन महारागन्जमा जन्मुनुभएका शम्मा संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर हुनुहुन्छ । शम्मा रत्नराज्य क्याम्पस, पशुपति क्याम्पसलगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुनुहुन्थ्यो । उहाँका श्रीमतीसहित चार छोरा र तीन छोरी छन् ।

राष्ट्रिय शिक्षा नीती–२०७५ को मस्यौदा तयार

६ बैशाख, काठमाडौँ । राष्ट्रिय शिक्षा नीती–२०७५ को मस्यौदा तयार भएको छ । सार्वजनिक विद्यालयमा अध्ययन नगरी स्वेच्छिक रुपमा निजी, सहकारी वा गुठीद्वारा सञ्चालित बिद्यालयमा भर्ना भएका बालबालिकाहरूलाई राज्यको लगानी नरहने गरी मस्यौदा तयार भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कम्पनी ऐन अन्तर्गत सञ्चालित निजी लगानीका विद्यालयहरू संक्रमणकालिन व्यवस्थापनका रूपमा गैरनाफामुखी सेवामूलक सामाजिक संस्था का रूपमा रूपान्तरण गर्ने र आगामी एक दशक भित्र कम्पनी, सहकारी, गुठी लगायतबाट सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई एउटै साझा ढाँचामा ल्याउने व्यवस्था सहित मस्यौदा तयार गरेको हो ।मन्त्रालयले राष्ट्रिय शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरीरहेको…