सुदूरपश्चिम प्रदेश सरकार विरुद्ध ३२ वटा मुद्दा

सुदूरपश्चिम प्रदेश सरकार गठन भएदेखि गत वर्ष २९ र यो वर्ष ३ वटा गरि हालसम्म विभिन्न ३२ वटा मुद्दा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमाथि मुद्दा परेको मुख्य न्यायधिवक्ताको कार्यालयले जानकारी दिएको छ । त्यसमा हालसम्म १७ वटा मुद्दा फछ्र्यौट भए पनि १५ वटा मुद्दा बाँकी छन् । प्रदेश सरकारविरुद्ध हक अधिकार सम्बन्धी उजुरी, कर्मचारी सरुवा बढुवा, प्रदेश राजधानीको विषय, ठेक्का पट्टा, खरिद प्रक्रिया, शिक्षा स्वास्थ्य र तलब भत्ता र सामाजिक विकास मन्त्रालयमा बढी मुद्दा परेको प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध हालसम्म ८ वटा…

प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जित्छौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘संविधानको परिधिभित्रबाट प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जितेर सनातन हिन्दुराष्ट्र पुनर्स्थापना गर्न र देशको सर्वांगीण विकासको लागि पार्टी संगठन बलियो बनाउन’ सबै कार्यकर्ताहरुलाई आह्वान गरेका छन्। नवलपुर जिल्लाको कावासोतीमा आयोजित गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले जनता काङ्ग्रेस र कम्युनिस्टको विकल्पको खोजीमा रहेको चर्चा गर्दै असफल बाटो र नीतिमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

१५ वर्षीय किशोरीमाथि एसिड प्रहार

वीरगञ्जमा कक्षा नौ मा अध्ययनरत १५ वर्षीय किशोरीमाथि एसिड प्रहार गरिएको छ। मामाघरमा बसेर पढ्दै आएकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो। आज बिहान ६ बजे खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ।सम्साद मियाँ र माजिद आलमले एसिड प्रहार गरेका हुन् । उनीहरूले खातुनको मुख, छाति र हातमा एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेर उनीहरू फरार भएका थिए। प्रहरीले एसिड प्रहार गर्ने सम्साद मियाँलाई भने नियन्त्रणमा लिएको छ। अहिले घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै

  प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली हाललाई उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ः३० बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी भदौ पाँच गते उपचारका लागि गएका थिए ।

विप्लवको इञ्चार्ज पक्राउ

नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य ३५ वर्षीय दमन नेपाली डडेल्धुराबाट पक्राउ परेका छन् । बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ ।

सुनको मूल्यमा पुन वृद्दि

बुधबार सुनको मूल्यमा पुन वृद्दि भएको छ । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ । तीजको केही दिन पहिले बिस्तारै घट्दोे क्रममा रहेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । पछिल्लो दुई महिनामा चाँदीको मूल्य सबैभन्दा उच्च भएको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री…

सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठकको मिति सार्वजनिक भएको छैन । यस अघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो। पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ। सूचनाअनुसार आजको बैठक नेता वामदेव गौतमले तयार पारेको कार्ययोजनालाई लिएर स्थगित भएको हो ।

डेढ बर्ष सम्म पनि संघीयता कार्यान्वयनमा जटिल्ता देखियो, मन्त्री महेन्द्र शाही

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले डेढ बर्ष सम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिल्ता देखिएको बताउनु भएको छ । बुधबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले संघियतामा नेपाल प्रवेश गरेको डेढ बर्ष सम्म पनि संघिय कानुनले पूर्णता पाउन नसक्दा संबैधानिक प्रश्न उब्जिएकाले संघिय, प्रदेश र स्थानीय सरकार बीच दुरी बढेको बताउनु भयो । देशको परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने तत्वहरु हाल असहज अवस्था श्रृजना गरि देश बिकास र समृद्धि रोक्दै राष्ट्रियता माथि चुनौति खडा गर्न लागि परेको शाहीले बताउनु भयो । राज्यका तीन…

संविधान दिवसमा नयाँ पुस्तामा जागरण पैदा गर्न घरघरमा फहराइने राष्ट्रिय झण्डा

राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको बुधबारको बैठकमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो । सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्दे्शिका समेत परिवर्तन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह…

पढ्न हिँडेका १० विद्यार्थी बाटोमै बेहोस, उपचारको क्रममा एकको मृत्यु

ताहुँमा बुधबार बिहान कोचिङ् पढ्न हिँडेका १० जना विद्यार्थी बाटोमै बेहोस भएका छन् । बेहोस भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फाल रहेकी छन् । फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । फाल बेहोस भएपछि उनीसँगैका अन्य नौ जना सहपाठीहरु रुँदारुदै बेहोस् भएको प्रहरीले जनाएको छ । बेहोस विद्यार्थी…