जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा तीनको मृत्यु

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए…

१ लाख ५१ हजार रुख तराई द्रुतमार्गको निमार्णको क्रममा काटिने

७२.५ किलोमिटर लामो तराई द्रुतमार्गको निमार्णको क्रममा १ लाख ५१ हजार रुख काटिने भएका छन् । नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो द्रुतमार्ग साढे तीन वर्षमा तयार हुने लक्ष्य लिइएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले द्रुतमार्गको कूल लागत १ खर्ब ७५ अर्ब बताए । द्रुतमार्गको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न सरकारले सेनालाई स्वीकृति दिइसकेको छ ।

विदेशबाट गाडी ल्याएर नेपालमा बिक्री गर्नुभन्दा स्वदेशमै गाडी बिक्री गर्न अर्थमन्त्री खतिवडाको सुझाव

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विदेशबाट गाडी ल्याएर बिक्री गर्नुभन्दा पनि स्वदेशै गाडी एसेम्बलिङ गरेर बिक्री गर्न सुझाव दिनुभएको छ । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने समेत बताउनुभयो । सरकारले निजी गाडी भन्दा पनि सार्वजनिक सवारी साधनलाई प्रोमोट गर्ने उहाको भनाई छ । ९० प्रतिशत परम्परागत इन्धन(डिजलरपेट्रोल) बाट सञ्चालन हुने गाडीलाई हाइब्रिड भन्न नमिल्ने उहाले बताउनुभयो । १० वर्षमा ४ गुणाले गाडी आयात बृद्धि भइरहेको प्रशंग उल्लेख गर्दै उहाले आम्दानीले धान्न सक्ने…

दुरुत्साहन मुद्दाका आरोपी लामिछाने र कँडेललाई बयानका लागि अदालत लगियो

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ । तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ। लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ। तिनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । रवि लामिछाने निर्दोस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश…

राजस्व चुहावटमा व्यक्तिलाई कैद सजाय हुनु पर्न ेअर्थमन्त्री खतिवडाको धारणा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजस्व चुहावट गर्ने व्यक्तिलाई कैद सजाय गर्ने व्यवस्थामा केहि संशोधन हुन सक्ने बताउनुभएको छ । संसदको अर्थ समितिमा आइतबार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उहाले जेल सजायले मात्र राजस्व चुहावट नियन्त्रणमा नआउने भएकाले प्रस्ताव गरिएको विधेयकमा केही संशोधन आवश्यक रहेको औंल्याउनुभएको हो । १ करोड रुपैयाँसम्म राजस्व चुहावट गर्नेलाई ६ महिना, सोभन्दा माथिलाई १ वर्ष र ५ करोड रुपैयाँभन्दा माथि चुहावट गर्नेलाई ३ वर्षसम्म कैद र बिगोबराबरको जरिवानाको व्यवस्था गर्नुपर्ने उहाको धारणा छ । यसका लागि सरकारका तर्फबाट संशोधन…

नयाँ सहरको निर्माण योजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रालयलाई निर्देशन

संसदीय समितिले नयाँ सहरको निर्माण र विकास योजनालाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाइ निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिधिनिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले नयाँ सहरको निर्माण र विकास योजनालाई मन्त्रालयले प्राथमिकतासाथ कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनमा सम्बद्ध निकायसँग छिट्टै छलफल गर्ने निर्णय गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । बन्चरे डाँडाको अनुमगन र पर्यटन वर्ष २०२० लाइ लक्ष्य गरेर कुनकुन सडक, छनोट स्थानको अवस्थाबारे सम्बन्धित निकायसँग छलफल गर्ने उहाले बताउनुभयो । बैठकमा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिमाली…

निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित

संविधानले व्यवस्था गरेको निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । महिला कानुन तथा विकास मञ्चले आइतबार काठमाडौमा आयोजना गरेको संचारकर्मी अन्तक्र्रियामा उनीहरुले आधारभुत स्वास्थ्य सेवावाट महिलाहरुलाई वञ्चित नगर्न सरकारको ध्यानाकर्षण समेत गरे । मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले गर्भवती, सुत्केरी सेवा तथा परिवार नियोजनलाई आधारभुत र निःशुल्क रुपमा संविधानले व्यवस्था गरे पनि लागु नभएको बताउनुभयो । उहाले शहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्रमा चिकित्सक र प्रविधिको अभावले गर्भवती महिलाहरुको मृत्यु दर बढी रहेको धारणा राखनुभयो । कार्यक्रममा सरोकारवालाहरुले सबै तहका सरकारले संविधानले…

रवि लामिछानेका विषयमा सरकारको धाराणा परिवर्तन गर्नु पर्ने सांसद बाँस्कोटाको माग

राष्ट्रियसभाका सांसदहरुले मुलुकमा संविधान विरोधी गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद बलराम बाँस्कोटाले निर्वाचनबाट दुईतिहाइको सरकार गठन हँुदा पनि संविधान विरोधी गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बाँस्कोटाले लोकतन्त्र भिडतन्त्र नभएको भन्दै न्यायको निसाफ न्यायलयबाट हुने चर्चा गर्दै सञ्चारकर्मी रवि लामिछानेका बारेमा सरकारको धारणा माग गर्नुभयो । अर्का सांसद रमेशजङ्ग रायमाझीले लोकतन्त्र र गणतन्त्र ल्याउन नेपाली काङग्रेस र वाम एकता भए…

उच्च विन्दुमा सुन चाँदीको मूल्य

डेढ महिनादेखि उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ। छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ। तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजार २०० का दरले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० पुगेको छ । सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। यसअघि प्रतितोला रु ५÷१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा…

काठमाडौं उपत्यकामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी गौरा पर्व मनाइयो

सुदुरपश्चिम प्रदेश लगाएतका क्षेत्रमा मनाईने गौरापर्व काठमाडौं उपत्यकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । शुक्रबार टुडिखेलमा काठमाडौंमा बस्दै आएका त्यस क्षेत्रका वासिन्दाहरुले गौरापर्व मनाएका हुन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मान्ने गरेका छन् । गौरा पर्वको मुख्य आकर्षण देउडा हो । देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ । एकताको पर्वका रुपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ । गौरा पर्वलाई खासगरी डोटी, डडेल्धुरा, दार्चुला…