देशभरका ४२ जिल्ला डेंगुबाट प्रभावित

डेंगुबाट काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ। सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो। काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । काठमाडौंका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको छ। २०७०र७१ मा ३०२ जना, २०७१र७२ मा १३४…

डेंगु विरुद्ध सचेत रहन सबैलाई स्वास्थ्यमन्त्री यादवको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ। विहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधान तथा डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्नुभयो । पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धिको साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने…

रुघाखोकी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट औषधि र चिकित्सक

सुर्खेत — मौसमी रुघाखोकी प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाएको छ । आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट दुई फ्लाइटमा औषधि र चिकित्सक पठाइएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. टेकराज भट्टराई, डा. केएन पौडेल र केशव अधिकारी, एकजना प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियनको टोली प्रभावित क्षेत्रमा पुगिसकेको आजै उपचार सुरु गर्नुका साथै ल्याव परीक्षण गरी रोगको निदान गर्नेछ, तीन साताअघि फैलिएको मौसमी रुघाखोकीले हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने करिब ३ सय बिरामी छन् । ताजाकोटकाे वडा नम्बर…

मनमोहन मेमोरियल अस्पतालमा ब्लड बैंक स्थापना

१३ बैशाख, काठमाडौँ काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा ब्लड बैंक स्थापना गरिएको छ । २० औं मनमोहन स्मृति दिवसका अबसर पारेर अस्पतालले शुक्रबारबाट ब्लड बैंक सञ्चालनमा ल्याएको हो । ब्लड बैंकको स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादबले उद्घाटन गर्नुभयो । मन्त्री यादवले रगतको अभाव हुन नदिन व्लड बैंक स्थापनाको निकै महत्व रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले नेपालमा नै प्रयाप्त मेडिकल कलेज नहुदा बिद्यार्थीहरु बिदेशमा वढ्न जाने क्रम बढेको र यसले स्वदेशी पूँजी बाहिरीएको बताउनुभयो । उहाले नेपालको मेडिकल कलेजलाई व्यस्थीत गर्नुपर्ने धारणा पनि राख्नुभयो । त्यस्तै मनमोहन अस्पतालका सञ्चालक समिति…

महिलाहरुले लगाउने हिल जुत्ताले स्वास्थमा असर

  १। ढाडको पछिल्लो भाग दुख्ने समस्या – अग्लो हिल भएका जुत्ताचप्पल महिलाका लागि फेसनको रूपमा प्रयोग हँुदै आएका छन्। यसले सुन्दर र अग्लो देखाउँछ तर तपाईको खुट्टालाई पूर्ण सहयोग गर्दैन। यसको अर्थ हो, खुट्टाले असन्तुलित रूपमा शरीरको तौल धानिरहेको हुन्छ। असन्तुलनले मेरुदण्डमा असन्तुलन अर्थात् असामान्य भई कुनै पछिल्लो भाग दुख्ने गर्छ। २। पिँडुलाको मासु दुख्ने समस्या हिल जुत्ताचप्पलको प्रयोगले पिँडुलाको मासु दुख्ने गर्छ। अग्लो हिलले थप खुट्टाका नसा फुलाउँछ। यी नसा फुल्ने मात्र नभई भित्री रूपमा धेरै नै कमजोर हुन्छन् र दुख्न थाल्छन्। ३। खुट्टाको दुखाइ – जुत्ताचप्पलको हिलको…

आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरि विश्वभरी मनाइदैँ

‘आफैंबाट सुरु गरौं, औलोलाई शून्यमा पुराऔं भन्ने नारासहित बिहीबार विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालमा २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहिबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दे नेपालमा ११ सय ८७ जनामा औलोरोग देखिएको जनाएको छ । सुदूरपश्चिमका जिल्लाहरुमा बढी देखिएको औलोरोग हाल उच्च पहाडी र हिमाली जिल्लामासमेत देखापर्न थालेको छ । औलोरोगबाट २० जिल्लाका ४९ वडा बढी जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिनुभयो । हालसम्म ६ लाख…

देशभर दोश्रो चरणको भिटामिन ए र जुकाको औषधि खुवाईदै

  ६ बैशाख, काठमाडौँ । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाईदै छ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । पहिलो चरण अन्तर्गत यसअघि भीटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने जनाइएको छ ।

खटाएका ठाउँमा जान चिकित्सकहरुलाइ स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौ, २५ चैत– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पुर्याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ” नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक गरेका विभिन्न प्रतिवेदन आज यहाँ सार्वजानिकपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध छ भन्नुभयो । प्रदेश र स्थानीय तहमा समायोजन भएपछि सङ्घमा आउन ढोका बन्द हुने र…

अमेरिकामा एचाआईभी संक्रमित व्यक्तिको मिगौला प्रत्यारोपण, अस्पताल भन्छ यो विश्वमै पहिलो घटना हो

काठमाडौ, १५ चैत– अमेरिकामा एचाआईभी संक्रमित व्यक्तिको मिगौला अर्का व्यक्तिमा प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा रहेको जोन हप्किन्स अस्पतालमा मिगौला प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ । एचआइभी संक्रमित व्यक्तिको मिगोैला अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको विश्वमै पहिलो घटना भएको अस्पतालका डाक्टरले दाबि गरेका छन । यसअघि संक्रमित व्यक्तिको मिगौलापनि एचआइभी फैलिएको हुनसक्ने भन्दै प्रत्यारोपण गर्न दिइएको थिएन । तर नयाा औषधिको प्रयोले एचआइभी संक्रमितको मिगौलामा कुनै असर नगरेको उनिहरुको दाबि छ ।

आन्दोलनरत डाक्टरहरुको मंगलबार पनि काठमाडौमा प्रदर्शन

    संघीय संरचनाअनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाउँदा डाक्टरको दरबन्दी संघमा राख्दै प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार खटाउन माग गर्दै आन्दोलनरत डाक्टरहरुले मंगलबार पनि काठमाडौमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारी चिकित्सक संघ (गोदान)को अगुवाइमा काठमाडौको माईतिघरमा प्रर्दशन गरेका हुन् । संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो । संघले विगतमा सरकारसँग गरिएको सहमति विपरीत समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको थियो । सरकारले आफुहरुको माप पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।