आजको दिन क्वाँटी खानुको विशेष महत्व यसप्रकारका छन्,

नौ प्रकारका गेडागुडीबाट साना जरा टुसा उम्रेर टुसाउने प्रकृयालाई क्वाँटी भनिन्छ। क्वाँटी नेवारी शब्द हो । जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ । क्वाँटी विशेष गरी जनै पूर्णिमाका दिन खाने चलन छ। जनै पूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ। यति मात्र नभई जनै पूर्णिमा भन्ने बित्तिकै वर्षा समयको अन्तिम समय भन्ने बुझिन्छ। वर्षा समयमा विशेषगरी बालक र वृद्धालाई हुने चिसोपनाबाट शरीरलाई न्यानोपना प्रप्ता होस् भन्नका लागि यस दिनमा क्वाँटी खाने चलन चलिआएको हो। क्वाँटी बनाउनका लागि सानो केराउ, बोडी,…

आइफा अवाड का लागि सरकारले पैसा दिने निर्णय गरेको छैनः सञ्चारमन्त्री बास्कोटा

१७ असार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) का लागि सरकारले कुनै पैसा दिने निर्णय नगरेको जानकारी दिनुभएको छ । विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा विज्ञापनसम्बन्धी एकीकृत रुपमा व्यवस्था भएको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उहाले यस्तो जानकारी दिनुभएको हो । यसअघि विभिन्न देशमा भइसकेको कार्यक्रम नेपालमा गर्न स्थान, सुरक्षालगायत सहयोग सरकारले गर्न लागेको उहाँले बताउनुभयो । कार्यक्रम हुँदा सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने मन्त्री बाँस्कोटाले स्पष्ट गर्नुभयो । उहाँले ‘क्लिन फिड’ का साथै ‘होर्डिङ बोर्ड’ का माध्यमबाट…

प्रेमगित ३ मा क्रिस्टिना गुरुङ अनुबन्धित

१५ असार, काठमाडौँ । गीत क्यारेक्टरलाई लिएर दर्शकको लामो समयदेखिको कौतुहलता मेटिएको छ । प्रेमगीत ३ मा ‘गीत को भूमिकाका लागि अभिनेत्रीको भूमिकामा क्रिस्टिना गुरुङ छनोट भएकी छिन् । निर्माण टिमले ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढीले आवेदन दिएका थिए । त्यसमध्ये २५ जना युवती उत्कृष्ट २५ को ‘सर्टलिस्ट’ मा परेका थिए । उनीहरुमध्ये अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको टिमले जनाएको छ । आइतबार ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना फाइनल भएको घोषणा गर्दै निर्माण टिमले…

‘छ माया छपक्कै’ मा केकी अधिकारी अनुबन्ध

बैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको कमेडी जनरामा निर्माण बन्ने फिल्म ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड हिरोइनमा अनुबन्ध भएकी छन् । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा केकीको जोडीको रुपमा कलाकार दीपकराज गिरी हुनेछन् । आइतबार केकी र फिल्मका निर्माताबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो । यस फिल्मको सोमवार राजधानीको सोल्टी होटलमा एक कार्यक्रमका बीच निर्माण घोषणा हुँदैछ । दीपक शर्माको संगीत रहने फिल्ममा दीपक र केकीका अलवा केदार घिमिरे र जितु नेपालको पनि अभिनय रहनेछ । फिल्मको पटकथा…

चर्चित प्र्याङकर एलिस र मोडेल एलिसा राईको म्युजिक भिडियो सार्वजनिक

अहिलेकी चर्चित मोडेल एबम नृत्याङगना एलिसा राई र चर्चित प्र्याङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शर्मिला राईको स्वरमा रहेको ठुम्का मा चर्चित युवा गीतकार डि पी खनालको शब्द र शंकर थापा स्माइलको संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ठुम्काुुको अभिनयमा एलिसा राई र चर्चित प्र्यानङकर एलिस राईलाइ आकाश राइ र आनन्द गुरुङ लगायतका कलाकारले साथ दिएका छन। धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ।…

चलचित्र ‘हजार जुनी सम्मको ‘एमजी रोडैमा’ रिलिज

चलचित्र ‘हजार जुनी सम्म’को ‘एमजी रोडैमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा राजनराज सिवाकोटी र मेलिना राइको आवाजमा समावेश गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराजको शब्द तथा संगीत छ । गीतको भिडियोलाई सिक्किमको एमजी रोडमा खिचिएको हो । गीतको भिडियोमा कोरसको प्रयोग उल्लेख्य गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधानलाई फिचरिङ गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा पटकथा तथा संवाद विकास र सामिप्यराज…

विश्व ज्योतीष महासंघ प्रदेश न. ३ सदस्यतामा भट्ट गुरु नियुिक्त

  ६ बैशाख, काठमाडौँ । विश्व ज्योतिष महासंघको २४ औँ वार्षिकउत्सव काठमाडौँको बागबजार स्थित होटल हार्दिकमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम कै अवसरमा ज्योतिष तथा वस्तु क्षेत्रमा रहेर काम गर्दै आउनुभएका ज्योतिष भट्टगुरु विश्व ज्योतिष महासंघको प्रदेश न. ३ को सदस्यतामा तीन वर्षको लागि नियुक्ति हुनुभएको छ ।   ज्योतिष शास्त्रलाइ धेरै नियाल्दै आएको र यस शास्त्रबाट धेरै मानिसका जीवनमा भएका समस्याको समाधान सजिलै संग गर्ने र धेरै खोज अनुसन्धान गरेको हुनाले कार्यक्रममा भट्ट गुरुलाइ प्रदेश न. ३ को सदस्य पदमा तीन वर्षको लागि चयन गरिएको छ ।…

महानगरबाट स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक

  ५ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई हजार २०० मिटरको दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक गरेको छ । बिहिबार विश्व सम्पदा दिवस २०७६ को अवसरमा काठमाडौंको हनुमानढोकाबाट महानगरले उक्त गुरुयोजना सार्वजनिक गरेको हो । सम्पदा पदयात्रा नाम दिइएको गुरुयोजनामा संस्कृति तथा रीतिस्थितिलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कामलाई लक्ष्य बनाइएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । स्वयम्भू र हनुमानढोकाबीचमा अवलोकनयोग्य प्रशस्त संरचना रहेकाले यी स्थान तय गरिएको उहाले बताउनुभयो ।…

बिस्केट जात्राको आज अन्तिम दिन हात नभएको लिङ्गो ढालि पर्व मनाउदैँ

५ बैशाख, भक्तपुर । भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहिबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर बिहिबार ढालिएको हो । बिस्केटामा उठाइने लिङ्गो हेर्नाले शत्रु नाशहुने र बैभव प्राप्त हुने जनविश्वस रहेको जानकारहरुको भनाई छ । बिस्केट जात्रा भित्रको महत्वपूर्ण जात्रा लिङ्गो उठाउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ । त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा बिहिबार…

नेपाल हिरो अफ टयालेन्ट सो अन्र्तगत नयाँ प्रतिभा छान्न बुधबार धरानमा अडिसन हुदै

काठमाडौ, २६ चैत– हिजोदेखी शुरुभएको नेपाल हिरो अफ टयालेन्ट सो अन्र्तगतको पहिलो अडिसन झापाको बिर्तामोडमा सम्पन्न भएको छ । झापाको बिर्तामोड स्थित अतिथि सदनमा भएको अडिसनमा उल्लेख्य मात्रामा सर्वसाधरणको सहभागिता भएको थियो । हिजो र आजभएको अडिसनमा ठुलो संख्यामा प्रतिस्पर्धी सहभागि भएपनि १४ जनालाई मात्रै काठमाडौ अडिसनका लागि लगिने एन्जल मिडियाका प्रबन्धक प्रेम कुमार श्रेष्ठले जानकारी दिनुभयो । झापाको बिर्तामोड पछि बुधबार अर्थात भोलीदेखी धरान अडिसन शुरु हुने उहाँले जानकारी दिनुभयो । धरानको सभागृहमा हुने अडिसनमा भाग लिएर आफनो प्रतिभा देखाउन प्रबन्धक श्रेष्ठले सबैमा आग्रह गर्नुभयो । नेपालका सातै प्रदेशका…