भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तर परीक्षणको गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता

असार २४, काठमाडौं । केहि समययता छलफल र विवादको विषय बन्दै आएको भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । विषादीयुक्त तरकारी आयात गर्दा गुणस्तर परीक्षण नगर्ने निर्णयबाट सरकार पछि हटेपछि स्वतन्त्र अभियान नेपालका तर्फबाट अधिवक्ता स्वागत नेपालले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । सरकारले उपभोक्ताको स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने र सरकारको निर्णय उपभोक्ताको अधिकारविरुद्ध रहेकाले त्यसलाई रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको हो । तरकारी र फलफूल भित्रने नाकामा भएमा प्रयोगशाला सञ्चालन गर्नु र नभएको स्थानमा निर्माण…

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले मागे माफी

असार२३, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आफूले लिएको निर्णयप्रति क्षमा मागेका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरेको निर्णयप्रति उनले माफि मागेका हुन् । मन्त्री यादव सोमबार पत्रकार सम्मेलन गर्दै, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाएर, निर्णय गर्ने बेला उनलार्इृ गुमराहमा राखेको आरोप समेत लगाएका छन् । यद्यपि उनले प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा पनि निर्णय फिर्ता नलिएको स्पष्ट पारेका छन् । मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी मागे । सचिवहरुलाई…

अवैध रुपमा नेपाल बस्दै आएका पोल्यान्डका नागरिक पक्राउ

असार २३, पोखरा । अवैध रुपमा नेपाल प्रवेश गरी लुकेर बस्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई प्रहरी पक्राउ गरेको छ । मार्किनलाई पर्यटक प्रहरीले आइतबार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडबाट पक्राउ गरेको हो । उनले लेकसाइड, खहरे, पृथ्वीचोकसहितका क्षेत्रमा लागुऔषध सेवन गरी होहल्ला गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेका उनको साथमा पासपोर्ट, भिसासहितका कागजात समेत छैन । तसर्थ उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्यालय पोखरामा बुझाइएको छ ।

बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक एलेक सिग्ली रिहा

१९ असार, उत्तर कोरियास्थित कारण नै नखुलाईकन बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक एलेक सिग्ली रिहा भएका छन् । गत साता उत्तर कोरियाबाट बेपत्ता भएका उनी त्यहीबाट बन्धक भएका थिए । एलेक सिग्ली रिहा भएको र उनी सुरक्षित रहेको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । २९ वर्षका सिग्ली स्नातकोत्तर स्तरमा अध्ययन गर्दै प्योङयाङमा पर्यटन व्यवसाय पनि गर्दै आएका थिए । उत्तर कोरियाका सरकारी अधिकारीले प्योङयाङमा रहेको स्वीडिस दूतावासका अधिकारीबिच भएको वार्तापछि प्रधानमन्त्री स्कटले आफ्नो देशका नागरिक सुरक्षित रहेको बताएका छन्। उत्तर कोरियाको राजधानीमा अस्ट्रेलियाको दूतावास छैन । उनी रिहा भएको सम्बन्धी…

भ्रमणको लागि नेपालको तर्फबाट भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीलाई निमन्त्रणा

भारतका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीलाई नेपाल सरकारले नेपाल भ्रमण गराउने तयारीका साथ निमन्त्रणा पठाएको छ । नेपालको औचापरिक भ्रमणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस।जयशंकरलाई सरकारले छुट्टा छुट्टै निमन्त्रणा पठाएको हो निमन्त्रणा पठाइए सकिएता पनि नेपाल र भारत दुवै पक्षले यस कुरालाई सार्वजनिक भने गरेको छैन । दुवै पक्ष यस सम्बन्धमा अन्जान बन्न खोजेको देखिन्छ । दुवै पक्षले यसबारे कुनै आधिकारीक जानकारी नभएको आशय व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल र राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले भ्रमणको बारेमा आफूहरुलाई कुनै जानकारी…

अमेरिकि सरकारद्धारा पण्डित दिनबन्धु पोखरेलाइ मानार्थ नागरिकता प्रदान

लामो समयदेखी सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्याउदैँ आउनुभएका पण्डित दिनबन्धु पोखरेलाइ अमेरिकी सरकारबाट मानार्थ नागरिकता प्रदान गरिएको छ । वासिङटन डिसीमा सप्ताहमा बाचनका लागि आइपुग्नुभएका पोखरेललाई सामाजिक कामको क्षेत्रमा पुर्याएको योगदानका कारण मानार्थ नागरिकता प्रदान गरिएको हो । अमेरिकी सरकारले मानार्थ नागरिकता प्रदान गर्ने नेपाली संभवन पोखरेल पहिलो हुनुहुन्छ । मानार्थ नागरिकता ग्रहणपछि पण्डित पोखरेलले सफलता सेयर गर्दै आफ्नो फेसबुक वालमा खुसि साट्नुभएको छ । उँहाले लेख्नुभएको छः कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन, अमेरिकी भूमिमा सेवा गरे बापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक म नेपाली…

इन्टरपोलका कारण विदेश पलायन भएका अपराधीहरु धमाधम पक्राउ

इन्टरपोलको कारण पछिल्लो समयमा नेपालमा आपराधिक क्रियाकलाप गरेर विदेशमा पलायन भइ लुकेर बस्दै आएका अपराधीहरुलाई नेपाल प्रहरीले धमाधम पक्राउ गर्दै नेपाल ल्याइरहेको छ । सन् २०१८ मा नेपाल प्रहरीको इन्टरपोल शाखाले ९ जनालाई पक्राउ गरेर नेपाल ल्याएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ । जसमा ७ जना रेड नोटिसको आधारमा पक्राउ परेका छन् भने २ जना डिफ्युजन नोटिसको आधारमा पक्राउ परेका छन् । पछिल्लो ९ वर्षमा नेपाल प्रहरीद्धारा १९ जनालाई पक्राउ गरेर नेपाल ल्याएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी अपराधी सन् २०१८ मा पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्क…

थेसिसको विषयमा विवाद हुँदा विद्यार्थीद्वारा प्रोफेसरको हत्या

काठमाडौ, २६ वैशाख–इन्डोनेशियामा थेसिसको विषयमा एक जना विद्यार्थी र प्रोफेसरबीच भएको वादविवादले घातक रुप लिएको छ। विवादका क्रममा विद्यार्थीले आफ्नो प्रोफेसरको हत्या गरेका छन्। उक्त घटना गत मे २ सोमबारका दिन सुमात्रा मुहम्मदिया विश्वविद्यालयमा भएको हो।उक्त घटनामा विश्वविद्यालयको गाइडेन्स तथा काउन्सिलिङ विभागको शिक्षा संकायमा कार्यरत ५७ वर्षिया प्रोफेसर डा. एचजे नुरैन लुविसको मृत्यु भएको हो।एक स्थानीय मिडिया रिपोर्टका अनुसार लुइस र उनका २१ वर्षीय विद्यार्थी रोर्मार्दो शाह सिरेगरबिच थेसिसको बारेमा कुराकानी भइरहेको थियो। त्यसपछि लुईस बाथरुमतर्फ अगाडि बढेकी थिइन्। केही समयपछि उनका विद्यार्थीले बाथरुमको अगाडि उनीमाथि आक्रमण गरेका थिए।उनले प्रोफेसरको…

बु्रनाईमा समलिङ्गी यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मार्ने कानून फिर्ता

काठमाडौ, २३ वैशख– बु्रनइमा समलिङगी यौनसम्वन्ध राख्नेलाई ढंगाले हानेर मार्ने कानुन बनाएपछि त्यसको व्यापक विरोध तथा अन्तर्रा्ष्ट्रिय आलोचनापछि ब्रुनाई सरकारले समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्यदण्ड दिइने कानून फिर्ता लिएको छ । गत महिनामात्रै समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्युदण्ढ दिइने कानून बनाएको ब्रुनाई व्यापक विरोधपछि भने पछाडि हटेको हो । त्यहाँको सुल्तान हसनल बोल्कियले मृत्युदण्डको व्यवस्था गरिएको नयाँ कानूनको निलम्बन अवधि लम्ब्याएका हुन् । गत अप्रिलमा यस्तो कानून बनाएपछि विश्वभर ब्रुनाईको आलोचना भएको थियो । दक्षिण पूर्वी एसियाली मुलुकमा नयाँ इस्लामिक कानूनको घोषणा…

कांग्रेसको पक्षमा मत दिन बहुजन समाज पार्टीकी प्रुमख मायावतीको अपिल

उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री तथा बहुजन समाज पार्टीकी प्रुमख मायावतीले अमेठी तथा रायबरेलीमा आफ्ना मतदातासँग कांग्रेसको पक्षमा मत दिन अपिल गरेकी छन् । मायावतीसहितको महागठबन्धनले यी दुई सिटमा आफ्ना उम्मेदवार उठाएको छैन तर पनि उनले मतदातासँग कांग्रेसको पक्षमा मत दिन बारम्बार आग्रह गर्दै आएकी छन् । उनको यस्तो आग्रहलाई भविष्यमा बन्ने सरकारको स्वरुप तय गर्ने माध्यमका रुपमा पनि लिइएको छ । मायावती भारतीय जनता पार्टी ९भाजपा० प्रति जति आक्रामक थिइन्, त्यो भन्दा धेरै आक्रमक कांग्रेसमाथि रहँदै आएकी थिइन् । आइतबार उनले दुवै पार्टीलाई निशाना बनाइन् । तर कांग्रेसमाथिको उनको भाषा…