नेकपाका प्रमुख सचेतक भूमिश्वरको निवासमा बम विस्फोट

प्रदेश नम्बर ५ का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको निवासमा गएराति बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले घटनाको प्रारम्भिक अनुसन्धान गर्दा बियरको बोतलमा पेट्रोलियम पदार्थ राखेर प्रहार गरिएको पाइएको बताए। प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको उनले बताए । ढकालको घरमा तीनवटा बम प्रहार भएको र त्यसले उनको गाडीमा क्षति पुगेको छ । ढकाल बिरामी परेर काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका बेला उनको निवासमा आक्रमण भएको हो । सैनामैना ८ रामापुर कलौनीमा रहेको उनको निवासमा बम प्रहार भएको हो। बम प्रहारबाट उनको गाडीको पछाडिको…

नगरपालिकाको कार्यालय सार्ने विषयमा मेयर र उपमेयरबीच झडप

हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा मेयर र उपमेयरबीचको विवाद झडपमा परिणत हुँदा उपमेयरसहित पाँचजना घाइते भएका छन्। घाइते हुनेमा उपमेयर रेणु झा, वडा नं। २ का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापड र पुण्य खत्री छन्। उनीहरूलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ। अहिले नगरपालिकाको कार्यालय बघचौडामा छ। तर, मेयर मण्डलले हंसपुर चोकमा कार्यालय सार्न प्रयास गरिरहेका छन्। मेयरको निर्देशनपछि बघचौडा कार्यालयमा रहेका सामग्री सार्न आएका गाडीलाई उपमेयरको नेतृत्वमा रहेको समूहले रोकेको थियो। त्यसपछि सुरु भएको विवादले झडपको रूप लियो। विवाद साम्य पार्न प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो।…

प्रदेश नं. २ मा बाढीपहिरो र डुबानका कारण कृषिमा सबैभन्दा बढी क्षति

  अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । सिंहदरबारमा आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गर्नुभएको हो । उहाँले प्रदेश २ का ८ जिल्लामा कृषितर्फ रु १ अर्ब ९७ करोड तथा पशुपक्षीतर्फ रु १ अर्ब ६२ करोडको क्षति भएको जानकारी दिनुभयो । असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण मुलुकका कृषि तथा पशुपक्षीका क्षति…

प्रदर्शनकारी हटाउन अश्रु ग्यास प्रहार

१७ असार, हङकङको सार्वभौमसत्ता बेलायतबाट चीनमा हस्तान्तरण भएको दिनको सम्झनामा सोमबार विशाल प्रदर्शन भएको हो ।हङकङको संसद भवनमा प्रवेश गरेका प्रदर्शनकारीलाई त्यहाँबाट हटाउनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारी सोमबार बेलुका हङकङको संसद भवनमा प्रवेश गरी केही घण्टा आफ्नो नियन्त्रणमा लिएका थिए । प्रहरीले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको बिबिसीले उल्लेख गरेको छ । हङकङ सरकारले प्रस्ताव गरेको सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा केही हप्तादेखि प्रदर्शन हुँदै आएको छ । सरकारले विधेयक फिर्ता लिए पनि प्रदर्शन रोकिएको छैन । विधेयकका कुनै पनि अभियुक्तलाई चीन सुपुर्दगी गर्न…

विराटनगरलाई राजधानी बनाउने निर्णय, धनकुटाबासी आन्दोलनमा

प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्तै वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटाबासीले जनाएका छन् । प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएकोले आन्दोलनको घोषणा गरेको बताए । धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै…

बु्रनाईमा समलिङ्गी यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मार्ने कानून फिर्ता

काठमाडौ, २३ वैशख– बु्रनइमा समलिङगी यौनसम्वन्ध राख्नेलाई ढंगाले हानेर मार्ने कानुन बनाएपछि त्यसको व्यापक विरोध तथा अन्तर्रा्ष्ट्रिय आलोचनापछि ब्रुनाई सरकारले समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्यदण्ड दिइने कानून फिर्ता लिएको छ । गत महिनामात्रै समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्युदण्ढ दिइने कानून बनाएको ब्रुनाई व्यापक विरोधपछि भने पछाडि हटेको हो । त्यहाँको सुल्तान हसनल बोल्कियले मृत्युदण्डको व्यवस्था गरिएको नयाँ कानूनको निलम्बन अवधि लम्ब्याएका हुन् । गत अप्रिलमा यस्तो कानून बनाएपछि विश्वभर ब्रुनाईको आलोचना भएको थियो । दक्षिण पूर्वी एसियाली मुलुकमा नयाँ इस्लामिक कानूनको घोषणा…

रुघाखोकी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट औषधि र चिकित्सक

सुर्खेत — मौसमी रुघाखोकी प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाएको छ । आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट दुई फ्लाइटमा औषधि र चिकित्सक पठाइएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. टेकराज भट्टराई, डा. केएन पौडेल र केशव अधिकारी, एकजना प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियनको टोली प्रभावित क्षेत्रमा पुगिसकेको आजै उपचार सुरु गर्नुका साथै ल्याव परीक्षण गरी रोगको निदान गर्नेछ, तीन साताअघि फैलिएको मौसमी रुघाखोकीले हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने करिब ३ सय बिरामी छन् । ताजाकोटकाे वडा नम्बर…

ट्राफिक प्रहरीले सुरु गर्‍यो दुर्घटना घटाउने लक्ष्य

    १३ वैशाख, बुटवल । बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम शुरु गरेको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले एक हप्तासम्म सडक प्रयोगकर्ता र सरोकारवालाहरुसँगको सहकार्यमा ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम सुरु गरेको हो । साताव्यापी कार्यक्रमबाट दुर्घटना दर प्रतिमहिना ८७ लाई घटाएर ५० मा ल्याउने, घाइते हुने दर प्रतिमहिना ७ सय २ जनाबाट पाँच सयमा ल्याउने र मृत्युदर प्रतिमहिना ४८ जनाबाट ३० जनामा झार्ने लक्ष्य रहेको ५ नं. प्रदेश  प्रहरीले जनाएको छ कार्यक्रम अवधिमा बजार चोक क्षेत्रमा सवारी चालकलाई स्पिड कन्ट्रोल…

विश्व ज्योतीष महासंघ प्रदेश न. ३ सदस्यतामा भट्ट गुरु नियुिक्त

  ६ बैशाख, काठमाडौँ । विश्व ज्योतिष महासंघको २४ औँ वार्षिकउत्सव काठमाडौँको बागबजार स्थित होटल हार्दिकमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम कै अवसरमा ज्योतिष तथा वस्तु क्षेत्रमा रहेर काम गर्दै आउनुभएका ज्योतिष भट्टगुरु विश्व ज्योतिष महासंघको प्रदेश न. ३ को सदस्यतामा तीन वर्षको लागि नियुक्ति हुनुभएको छ ।   ज्योतिष शास्त्रलाइ धेरै नियाल्दै आएको र यस शास्त्रबाट धेरै मानिसका जीवनमा भएका समस्याको समाधान सजिलै संग गर्ने र धेरै खोज अनुसन्धान गरेको हुनाले कार्यक्रममा भट्ट गुरुलाइ प्रदेश न. ३ को सदस्य पदमा तीन वर्षको लागि चयन गरिएको छ ।…

बृद्धकृष्णले छेडाए सातौ पटक जिब्रो

काठमाडौ, २ बैशाख–भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउनुभएको छ । मध्यपुर थिमी ८ बोडेका ४७ वर्षीय श्रेष्ठले सोमबार सातौं पटक जिब्रो छेडाउनुभएको हो । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका श्रेष्ठले २०७४ र २०७५ सालमा पनि जिब्रो छेडाउनुभएको थियो । जिब्रो छेडाउनका लागी बुद्धकृष्ण बाग श्रेष्ठ तीन दिन भोकै बस्नुभएको थियो । करिब १ फिट लामो सियोलाई एक महिना देखि तेलमा डुबाइ राखिएको थियो । जिब्रँे छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा…