प्रिमियर लिग लिभरपुलको विजयी यात्रा कायम

नयाँ सिजनको तेस्रो खेलमा पनि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी यात्रा कायम राखेको छ। शनिबार राति भएको लिग अन्तर्गत खेलमा मोहम्मद साहलको दुई गोलको सहयोगमा लिभरपुलले अर्सनललाई ३–१ ले पराजित गरेको हो । ४१ औँ मिनेटमा जोएल मातियको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो । ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा र ५८ औँ मिनेटमा साहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो । अवे मैदानमा भएको खेलमा आर्सनलका लागि ८५ औँ मिनेटमा लुकास टोरोइएरालो एक गोल फर्काएका थिए।…

रोहितकुमारको कप्तानीमा यू १९ एसिया कप क्रिकेट नेपाली टोली घोषण

यू १९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए । यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् । यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् । नेपाली किशोर टोली…

यू १९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दै

एसियन क्रिकेट परिषद् यू १९ एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियन क्रिकेट परिषद् एसीसी ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह ‘बी’ मा परेको हो । यो समूहमा नेपालसँगै आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुबेत रहेका छन् । खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । त्यस्तै, ८ सेप्टेम्बरमा नेपालले बंलादेशसँग खेल्नेछ भने तेस्रो खेलमा १० तारिखमा नेपालले यूएईसँग खेल्नेछ । समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने…

भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित

पुरूष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएसँगै नेपालका मुख्य प्रशिक्षक भान एविङले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् । नेपाल किर्गिस्तानसँग आज भएको खेलमा ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । २५–२३, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित हुने क्रममा नेपालले एक खेलअघि नै सेमिफाइनल पुग्ने अवसरलाई पनि गुमाएको छ । हार पछि मुख्य प्रशिक्षक एविङले खेलाडीले आफ्नो क्षमताअनुसारले खेल्न नसकेको बताए । प्रशिक्षकले हारको समीक्षा गर्दै सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने पनि बताए । नेपालले अब आफ्नो अन्तिम खेलमा माल्दिभ्ससँग २१ अगष्टमा…

अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा दीपज्योती, डिगिया र भेरी सेमिफाइनलमा

क्वीन्स कप नेपालगञ्जमा जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा दीपज्योती विद्या निकेतन, डिगिया र भेरी विद्या मन्दिर, राँझा सेमिफाइनलमा पुगेका छन् । असार १३ गतेदेखि शुरु भएको क्वीन्स कप पानी परेपछि रोकिएको थियो । आठौं राष्ट्रिय खेलकुद भएपछि पहिलो पटक खुल्ला गरिएको नेपालगञ्ज रंगशालामा भएको शुक्रबारको खेलमा दीपज्योतीले ग्रिनपिस मावि, कोहलपुरलाई र भेरी विद्या मन्दिर, राँझाले युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्जलाई पराजित गर्‍यो । पहिलो खेलमा दीपज्योतीले ग्रिनपिसलाई ४–० गोलले पराजित ग¥यो । फुटबल प्रशिक्षक सानु तामाङका अनुसार, दीपज्योतीको तर्फबाट पूजा बुढाले ७, २७ र ३१ मिनेटमा गोल गरेर ह्याट्रिक गरिन्…

स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट लिए संन्यास

      विश्वकप फुटबलको फाइनलसम्म र्पुयाउन सफल विस्ले स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सोमबार संन्यासको घोषणा गरेका छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलसम्म र्पुयाउन योगदान दिएका स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन्। ३५ वर्षे स्नाइडरले १७ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई बिट मारेका छन्। उनले नेदरल्यान्ड्सको घरेलु क्लब युट्रेच्टको युट्युब च्यानलमार्पmत संन्यासको घोषणा गरेका थिए। ‘मेरो सम्बन्ध घरेलु क्लबबाटै भएको थियो। त्यसैले जहाँ मैले खेलजीवनको उत्कृष्ट पलहरू बिताएको थिएँ,’ स्नाइडरले भने,‘त्यसैले यहींबाट अन्तर्राष्ट्रिय फुटबलबाट बिट मारेको हुँ। ’ स्नाइडर नेदरल्यान्ड्सका लागि सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन्।…

युवा क्रिकेटर सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । तर भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका छन् । आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् । भिसा स्वीकृत नभएपछि सिपिएल खेल्न जान आफूलाई गाह्रो भएको सन्दीपले बताएका छन् ।

वेष्ट इन्डिज विरुद्धको खेलमा श्रृंखला भारतको क्लिन–स्विप

वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिनस्विप गरेको हो टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो । उसका लागि कायरन पोलार्डले सर्वाधिक ५८ रन जोडे । बलिङतर्फ भारतका दिपक चाहरले तीन विकेट लिए । जवाफमा १ सय ४७ रनको लक्ष्य भारतले १९ ओभर एक बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जितमा रिसभ पन्तको ६५ रन तथा विराट कोहलीको…

स्टेन टेस्टले गरे क्रिकेटबाट सन्यासको घोषणा

दक्षिण अफ्रिकाका डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । दक्षिण अफ्रिकाका सर्वा्धिक विकेट लिने खेलाडी स्टेनले तत्कालदेखि लागु हुने गरी सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकाका डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । दक्षिण अफ्रिकाका सर्वा्धिक विकेट लिने खेलाडी स्टेनले तत्कालदेखि लागु हुने गरी सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ३६ वर्षका स्टेनले ९३ टेस्ट क्रिकेटमा ४३९ विकेट लिएका छन् । सीमित ओभरका क्रिकेटमा ध्यान केन्द्रित गर्नका लागि टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेको उनले बताएका छन् । उनले अब एक दिवसीय र…

१३ औँ दक्षिण एसियाली खेलकुद तयारी तथा निरीक्षणका लागि उपसमिति गठन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले १३ औँ दक्षिण एसियाली खेलकुद को तयारीको अनुगमन तथा निरीक्षणका लागि उपसमिति गठन गरेको छ । समितिको आइतबार बसेको बैठकले समिति सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको समिति सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । समितिले मंसिर १५ देखि काठमाडौं र पोखरामा आयोजना हुने सागको तयारी र व्यवस्थापनका कामकारबाही हेर्ने कार्यविधि पनि तोकेको छ । उपसमितिमा गजेन्द्रबहादुर महत, नविना लामा, नमिताकुमारी चौधरी र नारायणप्रसाद मरासिनी सदस्य रहनुभएको छ । साग खेल काठमाडौंको दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुनेछ ।