गाडीको जानकारी तपाईकै हातमा भन्‍ने स्लोगनसहित भेइकल ट्राकिङ सफ्टवेयर सार्वजनिक

नेपालमा नै पहिलो पटक काठमाडौँ शास्त्र क्रिएसन प्रालिले विकास गरेको भेइकल ट्राकिङ सफ्टवेयर ‘प्रमिस टु सेक्युर’ सार्वजनिक गरेको छ। दुई वर्षको रिसर्च र डेभलपमेन्ट पश्चात् सफ्टवेयर बजारमा ल्याइएको हो। यो सफ्टवेयर नेपालमा विकास भएको पहिलो फ्लिट म्यानेज्मेन्ट सफ्टवेयर बताइएको छ। अब तपाईंको गाडीको जानकारी तपाईकै हातमा भन्‍ने स्लोगनसहित सुरु गरिएको यो सफ्टवेयर विकास भएको छोटो समयमा नै पाँच सयभन्दा बढी गाडीहरुमा प्रयोग भइसकेको छ। पछिल्लो समय नेपाल सरकारले नै सम्पूर्ण सार्वजनिक यातायात र भन्सारको गाडीहरुमा समेत जिपिएस ट्राकिङ सिस्टम प्रयोग गर्ने सार्वजनिक गरेको हुँदा यो सफ्टवेयरको आवश्यक्ता अझ बढेको कम्पनीको…

आइफा अवाड का लागि सरकारले पैसा दिने निर्णय गरेको छैनः सञ्चारमन्त्री बास्कोटा

१७ असार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) का लागि सरकारले कुनै पैसा दिने निर्णय नगरेको जानकारी दिनुभएको छ । विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा विज्ञापनसम्बन्धी एकीकृत रुपमा व्यवस्था भएको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उहाले यस्तो जानकारी दिनुभएको हो । यसअघि विभिन्न देशमा भइसकेको कार्यक्रम नेपालमा गर्न स्थान, सुरक्षालगायत सहयोग सरकारले गर्न लागेको उहाँले बताउनुभयो । कार्यक्रम हुँदा सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने मन्त्री बाँस्कोटाले स्पष्ट गर्नुभयो । उहाँले ‘क्लिन फिड’ का साथै ‘होर्डिङ बोर्ड’ का माध्यमबाट…

काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता

  १७ असार, काठमाडौँ । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता भएको छ । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो । विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् । ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा काठमाडौं…

सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको मन्त्री सेठको दाबी

१२ असार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातमा रहेको ‘सिन्डिकेट’ अन्त्य भएको दाबी गर्नुभएको छ । सिंहदरबारमा बिहिबार बसेको राष्ट्रियसभाको प्रत्यायोजित तथा सरकारी आश्वासन समितिको बैठकमा उनले २५ वर्षदेखिको यातायातमा रहेको सिन्डिकेट अन्त्य भएको दाबी गर्नुभएको हो । मन्त्री महासेठले यातायातसम्बद्ध समितिहरु पूर्णरुपमा खारेज भएको भन्दै सम्पूर्ण यातायात व्यवसायी कम्पनीमा दर्ता भइसकेको बताउनुभयो । यातायात प्राधिकरण गठनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको भन्दै उहाले प्राधिकरणले नै यातायात क्षेत्रलाई व्यवस्थित गर्ने बताउनुभयो । मन्त्री महासेठले मुलुकका विभिन्न सहर जोड्न आगामी १० वर्षमा २८०० किलोमिटर सडक निर्माण गर्ने योजनाका…

स्मार्ट कार्ड सञ्चालनमा, अब एप्सबाट नै पार्किङ बुकिङ

राजधानीको न्यूरोडको विभिन्न स्थानमा स्मार्ट पार्किङको शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार एक विशेष समारोहमा स्मार्ट पार्किङको उद्घाटन गर्नु भएको हो । बढ्दो पार्किङ समस्यालाई मध्यनजर गर्दै स्मार्ट पार्किङका अवधारणलाई प्रयोगमा ल्याइएको हो । समारोहमा बोल्दै मेयर शाक्यले स्मार्ट पार्किङबाट महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रूलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ । स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले पहिलो चरणमा विशाल…

विद्यालय शिक्षा कार्यक्रमअन्तर्गत बुटवलमा भूकम्पमापन यन्त्र जडान

वैशाख २४, विद्यालय भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ ।बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो । देशभर २२ वटा विद्यालयमा यस्तो यन्त्र जडान गरिँदैछ । स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले एक लाख रुपैयाँ मूल्य पर्ने सिस्मोमिटर विद्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् । सिस्मोमिटरले एक म्याग्निच्युटको भूकम्प ४० किलोमिटर आसपाससम्म, ४ म्याग्निच्युटको नेपालभर र ८ म्याग्निच्युटसम्मको भूकम्प विश्वभरको मापन गर्न सक्छ । यो उपकरणले दिने जानकारी मोबाइल एप्लिकेसनमार्फत पनि हेर्न सकिन्छ । सिस्मोमिटर जडान उद्घाटन गर्दै स्वीजरलयाण्डमा भूकम्प…

स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघ ऐक्यवद्धता र्‍यालीमा

        प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघले आज ऐक्यवद्धता र्‍याली निकालेको छ । काठमाडौंको बवरमहलबाट निकालिएको ऐक्यवद्धता र्‍याली नयाँबानेश्वर पुगेर टुंगिएको थियो । २६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निकालिएको र्‍यालीमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले प्रेसमाथिको सरकारी हस्तक्षेप बन्द गर्न आह्वान गरेका छन् । महासचिव रमेश बिष्टले पछिल्लो समयमा प्रेसमाथि सरकारले निरंकुशता लाद्न खोजेको भन्दै त्यसका विरुद्ध महासंघले देशब्यापी आन्दोलन गर्ने चेतावनी…

अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयास ः कुलमान घिसिङ्ग

काठमाडौ, २५ र्चैत– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको बताउनुभएको छ । सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दे विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गर्नुभएको हो । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उहाले गुनासो गर्नुभयो । उहाले गैरकानुनी भत्ता बुझेको भन्ने लगाइएको आरोप निराधार भएको भन्दै राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको प्रष्ट पार्नुभयो । उहाले वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने…

धरान र अर्घाखाँचीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु, ५० घाइते

काठमाडौ, २५ चैत–धरान र अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । धरानमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटनामा परेको हो । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने चारजनाको विजयपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। मृत्यु भएका ४ जनामध्ये चालक चक्रबहादुर गुरुङ र यात्रु बलबहादुर मगरको पहिचान खुलेको छ भने एक महिला…

मालपोत कार्यालयको काम डिजिटल प्रविधिमा लगिने : मन्त्री पद्मा अर्याल

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालयको काम चाडै नै डिजिटल प्रविधिमा लगिने बताउनुभएको छ । आइतबार काठमाडौंको कंलकी मालपोत कार्यालयको निरीक्षण गर्दै उनले कागजी कामले झन्झटिलो भएकाले व्यवस्थित गर्न चाडै डिजिटल प्रविधिमा लगिने बताउनुभएको हो । मन्त्री अर्यालले मालपोतमा ढिलासुस्ती भएको गुनासो बढेकाले विशेष योजनासहित काम गर्ने उल्लेख गर्नुभयो । उहाले पारदर्शी रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदैं भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिइने पनि बताउनुभयो । मन्त्री अर्यालले चैत्रभित्र कंलकी, डिल्लीबजार र चावहिल मालपोतबाट डिजिटल प्रविधिमा काम गरिने जानकारी पनि दिनुभयो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले…